काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीसमेत २ जना र कन्सट्रक्सन कम्पनीविरुद्ध नदीजन्य पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
अख्तियारले गढवा गाउँपालिका- १ स्थित पत्रिङघाट र जेठानगाउँको उत्तर बीचमा राप्ती नदीको किनारमा घाटगद्दी गरिरखेको नदीजन्य पदार्थमा सम्झौता भन्दा बढी उत्खनन गरेर र सो उत्खनन गरेको रकम धरौटीबाट कट्टा नगरेको अनुसन्धानबाट पाइएको र कन्सट्रक्सन कम्पनीसँग मिलोमतोमा सो धरौटी रकम निकालेको पुष्टि भएको जनाएको छ ।
अख्तियारले यसबाट ९५ लाख ९८ हजार बराबरको बिगो र कानुन अनुसार सजायको माग गर्दा गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी र बज्र गुरु कन्सट्रक्सन र कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मण कुमार रानाविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।









