काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा अध्यक्ष जगदिश मंडलसमेत ८ जना र कन्सल्टेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले सप्तरीको महादेवा गाउँपालिका-२ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको हो ।
मुद्धा दायर भएकामा कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, कृषि अर्थ विज्ञ-योजना प्रमुख विकास कुमार साह, लेखा अधिकृत (छैठौ) चक्र प्रसाद अधिकारी, महादेवा गाउँपालिका-२ का वडा अध्यक्ष जगदिश मंडल, कृषि सडक निर्माण उपभोक्ता समिति महादेव-२, कजौली, सप्तरीका अध्यक्ष हरि नारायण यादव, सचिव गगांराम यादव र कोषाध्यक्ष सावित्री देवी यादव, कृषि विकास निर्देशनालय, नक्टाझिज, धनुषाका परामर्शदाता किरु इन्जिनियरिङ्ग कन्सल्टेन्ट प्रालि र सो प्रालिका प्रोप्राइटर हरिश कुमार सिंह रहेका छन् ।
उनीहरुविरुद्ध जनही ६ लाख ९० हजार ६५७ रकम बिगो दाबि गर्दै कानुन अनुसारको सजायको माग गर्दै मुद्धा दायर गरको छ ।









