काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा छापा मारेको छ ।
अनामनगरस्थित कार्यालयमा छापा मारी कागजातहरू नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
डिआई पाइप खरिदमा अनियमितता भएको उजुरीपछि आयोगको टंगालबाट खटिएको टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।









