• २०८२ कार्तिक २४ सोमबार

निकोलस भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न सर्वोच्चको परमादेश

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले निकोलस भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने गरी निर्णय लिन परमादेश जारी गरेको छ ।

सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न परमादेश दिएको हो ।

भुसालले कात्तिक २० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दा कारण देखाऊ आदेश र अदालतमा उपस्थित गर्न आदेश दिएको थियो ।  

सामाजिक सञ्जालमा व्यक्त गरको अभिव्यक्तिलाई आधार बनाउदै प्रहरीले भुसाललाई प्रहरीले भुसाललाई कात्तिक १८ गते गोरखाको आश्रमबाट पक्राउ गरेको थियो ।

उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै