• २०८२ कार्तिक २४ सोमबार

अफगानिस्तानका गुलबदीन लुम्बिनीबाट एनपीएल खेल्ने

kharibot

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी लुम्बिनी लायन्सले अफगानिस्तानका क्रिकेटर गुलबदीन नैबलाई भित्र्याएको छ ।

३४ बर्षिय ब्याटिंग अलराउण्डर नैबलाई लुम्बिनी लायन्सले भित्र्याएको जानकारी दिएको हो । लुम्बिनीले यसअघि इटालीका बलर थोमस ड्राकालाई भित्र्याएको थियो ।

राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी, अभिषेक गौतम, दिलिप नाथ, बिशाल पटेल, शेर मल्ल, दुर्गेस गुप्ता र आदील खानलगायतका खेलाडी रहेका छन् ।

लुम्बिनीले भारतीय प्रशिक्षक टिनु योहन्नानलाई मुख्य प्रशिक्षक र रोबिन सिंहलाई मेन्टरको रुपमा अनुबन्ध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै