• २०८१ चैत ६ बुधबार

सुनिता र बुचसहित चार अन्तरिक्ष यात्रीको पृथ्वीमा प्रतिक्षा, यस्तो छ तयारी

kharibot

काठमाडौँ । स्पेसएक्सको ड्र्यागन क्याप्सुल अब अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग भएको छ अर्थात् अनडक गरिएको छ । लगभग नौ महिना पछि, अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्कन थालेका छन् ।

यी दुई बाहेक निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्ज्याण्डर गोर्बुनोभ पनि पृथ्वीमा फर्किदै छन् ।

यो ड्र्यागन क्याप्सुल १७ घण्टाको यात्रा पछि पृथ्वीमा आइपुग्नेछ । यद्यपी यो अनुमानित समय भएको नासाले जनाएको छ ।  ड्र्यागन क्याप्सुल अन्तरिक्ष यात्रीहरूलाई बोकेर पृथ्वीको वायुमण्डलमा द्रुत गतिमा प्रवेश गर्नेछ । त्यसपछि उसले १६०० डिग्री सेल्सियसको तापक्रमको सामना गर्नेछ ।

यद्यपि, ड्र्यागन क्याप्सुलमा जडान गरिएको ताप ढालले जहाजमा रहेका अन्तरिक्ष यात्रीहरूलाई गर्मीबाट जोगाउन सहयोगी साबित हुनेछ ।

ड्र्यागन क्याप्सुल पृथ्वीको वायुमण्डलमा ठोक्किने बित्तिकै, यसको गति सुस्त हुन थाल्नेछ । यस समयमा, अन्तरिक्ष यात्रीहरूले गुरुत्वाकर्षण बल महसुस गर्ने छन्, जुन पृथ्वीमा रहेको गुरुत्वाकर्षण बल भन्दा चार गुणा बढी हुनेछ ।

यसपछि, चारवटा ठूला प्यारासुटहरू खुल्नेछन् र क्याप्सुल भित्र रहेका मानिसहरूलाई झट्का लाग्नेछ । यद्यपि, यो झट्काले यानलाई ढिलो गर्न मद्दत गर्नेछ, जसले गर्दा यानलाई समुद्रमा अवतरण गर्न सजिलो हुनेछ ।

नासाले मौसमको अवस्था हेरेर फ्लोरिडाको समुन्द्री क्षेत्रमा अवतरण गराउने योजना बनाएको छ ।

नासाले नेपाली समय अनुसार मार्च १९ को बिहान २. ५६ बजे यान वायुमण्डलमा प्रवेश गर्ने र बिहान ३:४२ बजे समुद्रमा अन्तरिक्ष यानको अवतरण गराउने सम्भावित तालिका सार्बजनिक गरेको छ ।

साथै नासले मार्च १९ को बिहान ५: १५ बजे पत्रकार सम्मेलनमार्फत यस मिशनको बारेमा विस्तृत जानकारी दिने बताएको छ ।

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै