• २०८१ चैत ६ बुधबार

महानगरले शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना गराए कारबाही गर्ने

kharibot

काठमाडौँ । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभइ विद्यालय भर्ना गराएको पाइएमा कारबाही गर्ने भएको छ ।

महानगरभित्रका केही विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गराएको जनगुनासो आएपछि महानगरले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगराउन सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ- ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ को (६) मा कसैले पनि शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना नगर्न अनुरोध गरिन्छ । उक्त नियमावली विपरित गरिएको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै