काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सोमबार विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका हुन् ।
विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा. वाग्लेलाई नियुक्त गरिएको हो ।
उपकुलपति छनोटका लागि डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । सो विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो ।
सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको भागबण्डामा डा. वाग्ले कांग्रेसको कोटाबाट उपकुलपति बन्न सफल भएका छन् ।