• २०८१ चैत ४ सोमबार

कर्णालीमाथि एपीएफको ५ विकेटको सहज जित

kharibot

काठमाडौँ । जारी पीएम कपमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ । आइतबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १९० रनको लक्ष्य पछाएको एपीएफले ३९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । एपीएफका लागि दिपक बोहोराले अविजित ७० रन बनाएका थिए भने सुमित महर्जनले ३४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले ४७ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । 

कर्णालीका लागि सुनिल धमलाले सर्बाधिक ४७ रन बनाएका थिए भने दिनेश अधिकारीले ३३ र दिपेन्द्र रावतले ३० रन बनाएका थिए । त्यस्तै एपीएफका बलर अभिषेक गौतमले ४ विकेट लिएका थिए ।

यो जितपछि एपीएफले तेस्रो जित हासिल गरेको छ । एपीएफको ४ खेलमा ६ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै कर्णालीको ४ खेलमा एक जित र ३ हारसहित २ अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै