काठमाडौँ । आयोजक युगाण्डाले जारी चार देशीय सिरिजको उपाधि जितेको छ । युगाण्डाले फाइनलमा नामिबियालाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
फाइनलमा नामिबियाले दिएको ७२ रनको लक्ष्य पछाएको युगाण्डाले १५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाउदै ७१ रन बनाएको थियो ।
यो सिरिजमा खेलेको नेपाल र हङकङबीचको तेस्रो स्थानको लागि हुनुपर्ने खेल आज बर्षाका कारण रद्द भएको थियो । नेपाल समुह चरणमा ६ मध्ये २ खेल मात्र जितेर पुछारमा रहेको थियो ।