काठमाडौँ । जारी पीएम कप अन्तर्गतको खेलमा गण्डकी प्रदेश ३१ रनमा अल आउट भएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा जारी खेलमा कोशी प्रदेशविरुद्ध गण्डकी ३१ रनमा अल आउट भएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेशले २०.४ ओभरमा अल आउट हुदै ३१ रन मात्र बनाएको हो ।
गण्डकीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । चार ब्याट्सम्यान शुन्यमा आउट भएका थिए भने अर्जुन कुमालले सर्बाधिक ९ रन र सुजन गौतमले ६ रन बनाएका थिए ।
त्यस्तै गण्डकीको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा कोशी प्रदेशका बलर विपिन महतोले ६ विकेट लिएका थिए । विपिनले ८ ओभरमा ३ मेडनसहित १७ रन दिएर ६ विकेट लिएका थिए । त्यसैगरी फिर्दोश अन्सारीले ३ र दिपेस कँडेलले एक विकेट लिएका थिए ।
यो पीएम कपमा कुनै पनि टिमले बनाएको दोस्रो कम टोटल हो । यस अघि २०२४ को पीएम कपमा कोशीले गण्डकीविरुद्धको खेलमा २५ रन मात्र बनाएको थियो ।