• २०८१ चैत ५ मंगलबार

साउदी अरेबिया पुगे जेलेन्स्की, अमेरिकासँग वार्तामा भने सहभागी नहुने !

kharibot

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की साउदी अरेबिया पुगेका छन् ।

जेलेन्स्की साउदी राजकुमार मोहमद बिन सलमानसँग भेटवार्ताका लागि साउदी अरब पुगेको बिबिसीले उल्लेख गरेको छ ।

साउदी अरबमा रहेपनि जेलेन्स्कीले अमेरिकासँग हुन लागेको वार्तामा भने सहभागी नहुने मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिका र युक्रेनबीच मंगलबार साउदी अरबमै वार्ता हुने तय भएको छ । यसका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको टिम साउदी अरेबिया पुग्दै छन् । दुवै देशका प्रतिनिधिहरुले अमेरिका युक्रेनबीचको खनिज सम्झौता र युद्धविरामको बारेमा छलफल गर्ने बताइएको छ ।

अमेरिकाले युक्रेनलाई रुससँगको युद्धको युद्धविराम गर्न दबाब बढाइरहेका बेला युक्रेनले भने युरोप र एशियाका देशहरुसँग छलफल गरिरहेको छ ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै