• २०८१ फाल्गुण २८ बुधबार

बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा बायर लिभरकुसनलाई २-० गोल अन्तरले पराजित गर्दै बायर्न म्युनिख समग्रमा ५-० को नतिजा सहित क्वाटरफाइनलमा पुगेको हो । बायर्न म्युनिखले बायर लिभरकुसनलाई पहिलो लिगमा ३-० ले पराजित गरेको थियो ।

यस खेलमा बायर्न म्युनिखको जितमा ह्यारी केन र अल्फोन्सो डेभिजले एक एक गोल गरेका थिए ।

यो हारसहित बायर लिभरकुसनको यस सिजनमा च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ । 

अब क्वाटरफाइनलमा बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानको सामना गर्ने छ ।  र क्वाटरफाइनलका खेलको पहिलो लिग अप्रिल ८ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै