• २०८१ फाल्गुण २८ बुधबार

इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ  । इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा इन्टर मिलानले डच क्लब फेयनूर्डलाई २-१ ले पराजित गरेको थियो । योसहित इन्टर मिलानले पहिलो लिगमा २-० को अग्रताको आधारमा समग्रमा ४-१ गोल अन्तरको नतिजासहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । यस खेलमा इन्टर मिलानको जितमा मार्कस थुराम र हकन कल्हानोग्लुले एक एक गोल गरेका थिए । त्यस्तै फेयनूर्डका लागि एक गोल जाकुब मोडेरले गरेका थिए ।

यो हारसहित फेयनूर्डको यस सिजनमा च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ । अब क्वाटरफाइनलमा इन्टर मिलानले जर्मनी क्लब बायर्न म्युनिखको सामना गर्ने छ ।  र क्वाटरफाइनलका खेलको पहिलो लिग अप्रिल ८ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै