• २०८१ फाल्गुण २८ बुधबार

पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित

kharibot

काठमाडौं । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको २८९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ३६.२ ओभरमा अल आउट हुदै १३४ रन मात्र बनाएको थियो । कोशीका लागि सुजन थपलियाले सर्बाधिक ३३ रन बनाए भने अंकित सुबेदीले २१ र शकिब हकले १७ रन बनाएका थिए ।
त्यस्तै पुलिस क्लबका करण केसीले ३ विकेट लिए भने ललित राजबंशी र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ८ विकेट गुमाउदै २८८ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले ६५, दिलिप नाथले ६१, अर्जुन साउद र रशिद खानले ३८-३८ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ३२ र गुलशन झाले २१ रन बनाएका थिए । त्यसैगरी कोशीका बलर भुपाल लुइँटेलले ३ विकेट लिए भने प्रकाश कार्कीले २ विकेट लिएका थिए । 

यो जितपछि पुलिस क्लबको २ खेलमा ४ अंक भएको छ भने कोशी प्रदेशले लगातार तेस्रो खेल हारेको छ ।
 
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै