काठमाडौँ । अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा इरानी क्लब इस्टेघलाल एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० को नतिजासहित अल नासर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
यस खेलमा जोन दुरानले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । साथै यस खेलमा खेलको पहिलो हाफको इन्जुरी समयमा मेहरान अह्मादीले रातो कार्ड पाएपछि इस्टेघलाल १० खेलाडीमा सिमित भएको थियो । यस अघिको राउण्ड १६ को पहिलो लिग गोलरहित बराबरीमा सकिएको थियो ।
अब क्वाटरफाइनलमा अल नासरले कतारी क्लब अल साडसँग खेल्ने छ ।