• २०८१ फाल्गुण २८ बुधबार

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन राउण्ड १६ को दोस्रो लिग खेलमा बार्सिलोनाले पोर्चुगीच क्लब बेनिफिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । बार्सिलोनाले पहिलो लिगमा १-० को जित हासिल गरेको आधारमा समग्रमा ४-१ को नतिजासहित जित हासिल गरेको छ ।

यस खेलमा बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने लामिन यमलले एक गोल गरेका थिए । त्यसैगरी बेनिफिकाका लागि एक गोल निकोलस ओटामेन्डीले गरेका थिए ।

यो जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ भने बेनिफिकाको च्याम्पियन्स लिगको यस सिजनको यात्रा समाप्त भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै