काठमाडौँ । एलन मस्कको इन्टरनेट कम्पनि स्टारलिंक भारतीय बजारमा प्रवेश गरेको छ । मस्कको कम्पनी स्पेसएक्स र एयरटेलबीच भारतमा स्टारलिंक हाई स्पीड इन्टरनेट ल्याउने सम्झौता भएसँगै स्टारलिंकको भारतीय बजारमा प्रवेश भएको हो ।
एयरटेलले सम्झौताको बारेमा मंगलबार जानकरी दिएको छ । एयरटेलले भारतमा एयरटेलका ग्राहकहरूलाई स्टारलिंक उच्च-गतिको इन्टरनेट सेवाहरू ल्याउन स्पेसएक्ससँग सम्झौता गरेको जनाएको छ । एयरटेलले भनेको छ- 'यो भारतमा हस्ताक्षर गरिएको पहिलो सम्झौता हो, तर स्पेसएक्सले भारतमा स्टारलिङ्क सेवाहरू प्रदान गर्न आवश्यक स्वीकृति प्राप्त गरेपछि मात्र यो सुरु हुनेछ । यस सम्झौता अन्तर्गत, एयरटेल र स्पेसएक्सले स्टारलिङ्कले एयरटेलको सेवाहरू कसरी सुधार गर्न सक्छ भनेर अन्वेषण गर्न मिलेर काम गर्नेछन् । यसका साथै, भारतीय बजारमा एयरटेलको अनुभवले स्पेसएक्सलाई आफ्ना ग्राहकहरू र व्यवसायहरूलाई सेवाहरू अझ बढाउन मद्दत गर्न सक्छ ।'
यस सम्झौतामा विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम क्षेत्रहरूमा जडान प्रदान गर्ने कुरा पनि समावेश छ । यो घोषणा केही हप्ता अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिंगटनमा एलन मस्कलाई भेट्दा भएको थियो ।