काठमाडौँ । अर्बपति व्यवसायी एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) मा सोमबार ठूलो साइबर आक्रमणको शिकार भएको छ ।
अमेरिका र बेलायत लगायत विश्वका धेरै देशहरुमा एक्सको सेवा अवरुद्ध भएको थियो ।
मस्कले यस विषयमा प्रतिक्रिया दिदै भविष्यमा पनि आक्रमण जारी रहन सक्ने टिप्पणी गरेका छन् । उनले भनेका छन्- 'हामीमाथि हरेक दिन आक्रमण हुन्छ, तर यो धेरै स्रोतसाधन प्रयोग गरेर गरिएको थियो ।' मस्कले यसमा या त ठूलो समूह वा देश संलग्न रहेको आशंका व्यक्त गरेका छन् ।
प्लेटफर्म आउटेज मनिटर डाउनडिटेक्टरले सोमबार प्लेटफर्मलाई असर गर्ने प्राविधिक समस्याहरूको बारेमा अमेरिकी प्रयोगकर्ताहरूबाट हजारौं गुनासोहरू प्राप्त भएको बताएपछि मस्कको यो बयान आएको हो ।
सोमबार लामो समयसम्म एक्समा धेरै प्रयोगकर्ताहरूले प्लेटफर्म पहुँच गर्ने र यसको एप र डेस्कटप साइटमा फिड रिफ्रेस गर्ने प्रयास गर्दा समस्या आएको थियो । अहिले भने समस्या समाधान भएको एक्सले जनाएको छ ।