विराटनगर । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय कोशी प्रदेश टिमको घोषणा गरिएको छ ।
कोशी प्रदेश क्रिकेट संघले चार दिनसम्म आयोजना गरेको छनोट प्रतियोगिताको प्रदर्शनको आधारमा सुवेदीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
कोशीको टिम: अंकित सुवेदी (कप्तान), सुजन थपलिया, प्रकाश कार्की, सुमन गहतराज, भुपाल लुईंटेल, दिपेश कँडेल, फिर्दोश अन्सारी, चिराग शाह, सकिब हक, श्रवण किस्कु, विपिनकुमार महतो, समिर कार्की, आइस भट्टराई, सोनु अन्सारी र सन्दिप ढुंगाना रहेका छन् ।
टिमको प्रशिक्षकको जिम्मेवारी नेपाली राष्ट्रिय टोलीका पूर्वलेग स्पिनर राजकुमार प्रधानलाई दिइएको छ ।
फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुनेछन् ।