काठमाडौँ । सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।
फाइनल खेल विवादका कारण ढिलो गरि शुरु हुदा ४०-४० ओभरमा खेलाइएको थियो ।
आर्मीले दिएको १८० रनको लक्ष्य पछाएको एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ३९ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो ।
एपिएफले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा स्थानएको थियो । एपिएफ दोस्रो संस्करण र आर्मी चौथो संस्करणको च्याम्पियन टोली हुन् । योसँगै एपीएफले दोस्रो पटक पीएम कपको उपाधि जितेको छ ।