• २०८३ बैशाख १२ शनिबार

सुकुम्बासी बस्ति खालि गराउने अभियान: ६८ परिवारको लगत संकलन

सुकुम्बासी बस्ति खालि गराउने अभियान: ६८ परिवारको लगत संकलन

काठमाडौँ । काठमाडौँका नदी किनारामा सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती खाली गराइ सकिएको छ । यस्ता अनधिकृत वस्ती खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो । 

जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले घर टहरा खाली गराएको र यो क्रम शनिवार विहानसम्म पनि जारी रहेकोले विहान ६ बजेदेखि घरटहरा भत्काउने कार्यक्रम पछि सारेर आफैँ खाली गर्ने अवसर प्रदान गरिएको थियो । शनिबार बिहान करिब ८ बजेबाट संरचना हटाउन थालिएको थियो ।

थापाथलीका संरचना खाली गरिसकेपछि मध्यान्नपछि गैरीगाउँका संरचना हटाउन थालिएको थियो । 

यस क्रममा घरबारविहीन तथा भूमिहीन व्यक्तिहरुलाई दशरथ रंगशालामा ल्याएर तथ्याङ्क संकलन भइरहेको छ । आज साँझ ६:१५ बजेसम्ममा ६८ परिवारको लगत संकलन भइसकेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । उनीहरुमध्ये ३४ परिवार १४१ लाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा पठाइएको छ । लगत संकलनसँगै १८ जनालाई आधारभूत स्वास्थ्य सेवासमेत प्रदान गरिएको छ र यो क्रम जारी रहेको छ । अब भोलि मनोहरासहित अन्य क्षेत्रका अव्यस्थित बस्तीहरु खाली गराउने क्रम जारी रहने महानगरले जनाएको छ । मनोहरा क्षेत्रमा ८० प्रतिशत भन्दा बढीले आफै बस्ति छोडेर गएको प्रहरीले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै