काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर स्पीनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट नखेल्ने भएका छन् । बागमती प्रदेशबाट घरेलु क्रिकेट क्रिकेट खेल्दै आएका सन्दीपले यसपटक निजी कारणले पिएम कप नखेल्ने भएका हुन् ।
फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा बागमतीसहित सात प्रदेश र तीन विभागीय टिम सहभागी हुनेछन् । पीएम कपको लागि बागमतीका लागि बिहीबार पृथु बास्कोटाको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिएको छ । जसमा सन्दीप समावेश छैनन् ।
बागमतीको टिम: पृथु बास्कोटा (कप्तान), रिजन ढकाल, नन्दन यादव, प्रतिश जिसी, सूर्य तामाङ, रित गौतम, सुमन सुनार, गौतम केसी, विपिन आचार्य, शौरभ शखाकर्मी, आशुतोष घिरैया, शुभ कसांकार, इशान पाण्डे, सोनु देवकोटा र विवेक राना मगर ।