काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
अपराहन्न १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सरकारले आज यस अघि जारी गरिएको भुमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने भएको हो ।
सरकारमा रहेका सत्तारुढ दलहरुबीच सोमबार साँझ भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसदमा आज यी अध्यादेशहरु स्वीकृतिका लागि पेश हुने भएका हुन् ।