• २०८१ फाल्गुण २० मंगलबार

संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

kharibot

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ ।

बुधबार बस्ने संसदको बैठकमा अध्यादेश पेश हुने भएपछि एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको हो ।

यस अघि कांग्रेसले पनि ह्वीप जारी गरेको थियो । तर, जनता समाजवादी पार्टी नेपाल र लोसपाको आग्रहमा सरकार विभिन्न ६ अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेश रोकेर अरु ५ वटामात्रै अध्यादेश पारित गराउन सहमत भएको हो ।

सरकारले ल्याएका अध्यादेश भोलि नै संसद्मा पेश हुने भएको छ ।  आज बसेको संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा अध्यादेश भोलि २१ फागुन बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै