• २०८१ फाल्गुण १७ शनिबार

बालेनको प्रधानमन्त्री ओलीलाई अर्को कटाक्ष- मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरी एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफुलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन् ।

उनले भनेका छन्- 'प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!'

बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टि-स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउदै आएका छन् ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै