• २०८१ फाल्गुण १३ मंगलबार

थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

kharibot

काठमाडौँ । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थानिन क्राइभिचियनको ९७ वर्षको उमेरमा निधन भएको छ । 

उनको परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै उनको निधनको जानकारी दिएको हो ।

सन् १९७६ मा राजा भूमिबोल अदुल्यादेजले थानिनलाई थाइल्याण्डको १४औं प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री पद त्यागेपछि, थानिनलाई राजाको सल्लाहकार परिषद्मा नियुक्त गरिएको थियो, जहाँ उनले लगभग चालीस वर्ष सेवा गरेका थिए ।

१९७० को दशकमा क्रिभिचियान कट्टर कम्युनिस्ट विरोधी नेताको रूपमा चिनिएका थिए । सन् १९७६ मा भएको सैन्य विद्रोहपछि उनले देशको प्रधानमन्त्रीको पद ग्रहण गरे । यद्यपि, एक वर्ष पछि दोस्रो पटक भएको कूमा उनलाई पदच्युत गरिएको थियो ।

प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राले सामाजिक सञ्जाल पोस्ट मार्फत थानिनको मृत्युमा समवेदना व्यक्त गरेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै