काठमाडौँ । न्यूजील्याण्डले बंगलादेशलाई ५ विकेटले पराजित गरेपछि जारी आइसीसी च्याम्पियन्स ट्रफीमा भारत र न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगेका छन् ।
बंगलादेशले दिएको २३७ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४६.१ ओभरमा ५ विकेट ग्माउदै लक्ष्य पुरा गरेको थियो ।
न्यूजील्याण्डको जितमा रचिन रविन्द्रले ११२ रनको शतकीय पारी खेलेका थिए भने टम लथामले ५५ रन बनाएका थिए । त्यस्तै डेभोन कोनवे ले ३० र ग्लेन फिलिपले अविजित २१ रन बनाएका थिए ।
यसअघि बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २३५ रन बनाएको थियो ।
बंगलादेशका लागि कप्तान नाजमुल हसन शान्तोले सर्बाधिक ७७ रन बनाएका थिए भने जाकर अलीले ४५, रिशाद होसैनले २६ र तान्जिद हसनले २४ रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर माइकल ब्रसवेलले सर्बाधिक ४ विकेट लिए भने विल ओ रोउरकेले २ तथा माट हेनरी र कील जामिएसनले एक एक विकेट लिएका थिए ।
यो जितपछि समुह ए बाट न्यूजील्याण्ड २ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ भने आफ्ना दुवै खेल जितेको भारत पनि सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन् । अब समुह ए अन्तर्गत भारत र न्यूजील्याण्ड तथा पाकिस्तान र बंगलादेशले अ-आफ्नो अन्तिम खेल खेल्ने छन् ।