• २०८१ फाल्गुण १ बिहीबार

काठमाडौंको शंकरापुरमा स्कुल बस दुर्घटनामा मृत्यु हुने तिनै जनाको पहिचान खुल्यो

kharibot

काठमाडौँ । काठमाडौँको शंखरापुर–५ मा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तीनै जना पहिचान खुलेको छ।

मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई हाल काठमाडौं चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका–९ भीमसेनगोला बस्ने १४ वर्षीय शुशाङ्क डोटेल रहेको प्रहरीले जानकारी दिएको छ ।

पुरीको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने तामाङको नेपाल मेडिकल कजेल र डोटेलको शंखरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार अपराह्न नगरकोटबाट फर्कँदै गरेका विद्यार्थीहरू सवार बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा कुल ४० जना घाइते भएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार घाइतेहरुको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै