काठमाडौँ । काठमाडौंको शंकरापुरमा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
बुधबार दिउँसो करिब साढे ४ बजे शंकरापुर-५ मोडमा चाबहिलस्थित एसएस एकेडेमीको बस पल्टिँदा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुई बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गर्दा त्यसमध्ये एउटा बस दुर्घटना भएको हो ।
प्रहरीका अनुसार घाइतेहरुको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।