काठमाडौँ । काठमाडौंको शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ ।
बुधबार दिउँसो करिब साढे ४ बजे शंकरापुर-५ मोडमा चाबहिलस्थित एसएस एकेडेमीको बस पल्टिँदा २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुई बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गर्दा त्यसमध्ये एउटा बस दुर्घटना भएको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।