काठमाडौँ । अमेरिकी स्कूल शिक्षक मार्क फोगल रुसी जेलबाट रिहा भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षक मार्क फोगललाई स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपतिले ट्रम्पले बुधबार अर्को बन्धकलाई रिहा गरिने बताएका छन् ।
६३ वर्षीय मार्क फोगेल एक पूर्व कूटनीतिज्ञ हुन् जो मंगलबार साँझ वाशिंगटन डीसी आइपुगेका थिए । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले यसअघि अमेरिकी शिक्षक मार्क फोगलको रिहाइ रुससँगको सम्झौता अन्तर्गतको आदानप्रदानको एक हिस्सा भएको बताएका थिए ।
मार्क फोगलले भने, 'मलाई अहिले संसारको सबैभन्दा भाग्यमानी मान्छे जस्तो लाग्छ । म एक मध्यमवर्गीय स्कूल शिक्षक हुँ, जो अहिले सपनाको संसारमा छु ।' रूससँगको कैदी सम्झौताको बारेमा डोनाल्ड ट्रम्पले भने, 'यो धेरै निष्पक्ष र उचित थियो । कसैलाई भोलि पनि रिहा गरिनेछ ।'
मार्क फोगललाई २०२१ मा रुसको एक विमानस्थलबाट पक्राउ गरिएको थियो । उनको साथबाट थोरै मात्रामा गाँजा फेला परेको थियो । उनलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो ।