काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्लेअफको पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
सिटीको घरेली मैदानमा सम्पन्न यस खेलमा रियल म्याड्रिड ३-२ गोल अन्तरले विजयी भएको हो ।
रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पे, ब्राहिम डियाज र जुड़े बेलिङघमले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले दुवै गोल गरेका थिए ।
यस खेलमा दुई गोल असिस्ट गरेका रियल म्याड्रिडका भिनिसियस जुनियर प्लेयर अफ द म्याच बनेका थिए ।
अब प्लेअफको दोस्रो लिग फेब्रुअरी २० मा रियल म्याड्रिडको घरेलु मैदानमा हुने छ । यस खेलको विजेता च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने छ ।