काठमाडौँ । विश्वकै धनि व्यक्ति एलन मस्कले च्याट जिपिटीको मुख्य कम्पनि ओपन एआइ कम्पनि किन्न प्रस्ताव गरेका छन् ।
मस्कले ओपनए एआइ किन्न ९७.४ बिलियन डलरको प्रस्ताव गरेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार मस्कले आफु नेतृत्वको लगानीकर्ताहरुको समुहबाट ओपन एआईमा नियन्त्रण राख्न सो प्रस्ताव गरेको बताइएको छ ।
मस्कको प्रस्तावको जवाफमा ओपन एआइका प्रमुख साम अल्टम्यानले सामाजिक सञ्जालमा जवाफ दिदै मस्कको प्रस्ताव अस्वीकार गरेका छन् भने उल्टो ९.७ बिलियन डलरमा सामाजिक सञ्जाल कम्पनि एक्स किन्न प्रस्ताव गरेका छन् ।
मस्क ओपनएआइ शुरु हुदा २०१५ मा लगानीकर्ता रहेका थिए । कम्पनि शुरु हुदा ओपन एआइले नि: शुल्क सेवा दिने शर्त रहेको र पछि कमर्सियल लाइनमा गएको भन्दै मस्क ओपन एआइबाट बाहिरिएका थिए ।
ओपन एआइ आफ्नो स्थापनाको अवधारणाबाट बाहिर गएको भन्दै मस्क साम अल्टम्यानको आलोचक रहदै आएका छन् । अल्टम्यानले भने मस्कले कम्पनिमा आफ्नो नियन्त्रण बनाउन नसकेपछि बाहिरिएको आरोप लगाउदै आएका छन् । मस्क यस विषयमा अल्टम्यानविरुद्ध अदालतमा समेत गएका छन् ।
मस्क ओपन एआइबाट बाहिरिएपछि यस परियोजनालाई माइक्रोसफ्ट र अन्य भेन्चर क्यापिटल फर्महरुको लगानी रहेको छ ।