काठमाडौँ । म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरण राउण्ड १६ मा पुगेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेटन ओरियन्टलाई २-१ गोल अन्तरले पराजित गर्दै एफए कपको राउण्ड १६ मा पुगेको हो ।
म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुने र अब्दुलकोदिर खुसनोभले एक एक गोल गरेका थिए । त्यस्तै लेटन ओरियन्टका लागि एक गोल म्यानचेस्टर सिटीका स्टेफान ओरटेगाले आत्मघाती गोल गरेका थिए ।
एफअफ कपको राउण्ड १६ मा अहिलेसम्म म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाइटेड र मिलवाल पुगेका छन् ।