• २०८१ माघ २६ शनिबार

फिल्म ‘जनै हराएको बाहुन’मा जोडिए गौरव र रियर

kharibot

काठमाडौँ । फिल्म ‘जनै हराएको बाहुन’मा कलाकारको रोचक ‘लाइनअप’ तयार हुने क्रम जारी छ । केही दिनअघि अभिनेताद्वय विजय बराल र मनिष राउतलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको थियो ।

अब फिल्ममा थप दुईजना कलाकार जोडिएका छन् । ‘साइँली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर राई पनि फिल्ममा जोडिएका छन् ।

हिमाल न्यौपानेको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा भानुभक्त ढकालको लेखन रहेको छ । 

फिल्मले गाउँबाट आफ्नो सपना पूरा गर्न सहर पुगेका एक आम व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई बोल्ने बताइएको छ । पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको एसोसियट निर्देशकमा मनिष राउत छन् ।

फिल्मको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । नवीन गुरुङले फिल्म खिच्नेछन् । क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’ हुन् । गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ । यो वर्षको अन्त्यसम्म छायांकनको तयारी गरिएको फिल्मलाई २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै