• २०८१ माघ २७ आइतबार

जनादेशलाई विनम्रताका साथ स्वीकार गर्छौं- केजरीवाल

kharibot

काठमाडौँ । भारतको आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक तथा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले हार स्वीकार गर्दै रचनात्मक प्रतिपक्षको भूमिकामा काम गर्ने बताएका छन् ।

दिल्ली विधानसभा चुनावमा हारपछि प्रतिक्रिया दिदै केजरीवालले जनादेशलाई विनम्रताका साथ स्वीकार गर्ने बताएका छन् ।

उनले भने- 'हामी जनताको जनादेशलाई ठूलो विनम्रताका साथ स्वीकार गर्छौं । म भाजपालाई यो जितको लागि बधाई दिन्छु र आशा गर्छु कि उनीहरूले जनताले मतदान गरेका सबै वाचाहरू पूरा गर्नेछन् । हामीले विगत १० वर्षमा स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा धेरै काम गरेका छौं । हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्र खेल्ने छैनौं, जनताको बीचमा रहनेछौं र उनीहरूको सेवा गरिरहनेछौं ।'

पुर्व मुख्यमन्त्री केजरीवालले यस चुनावमा आफ्नो नयाँ दिल्ली क्षेत्रबाट चुनाव हारेका छन् । केजरीवालसँगै आपका अर्का प्रमुख नेता मनिष सिसोदिया र सौरभ भारद्वाज पनि यस चुनावमा हार बेहोरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै