सिन्धुली । सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका-५ खनियाँ खर्क नजिक शुक्रबार बिहान भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा परि चालकको मृत्यु भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
झापाबाट काठमाडौं जाँदै गरेको वा १-०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय सुशान्त नेपालीको उपचारकाक्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइते पाँचजनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।