• २०८१ माघ २५ शुक्रबार

ट्रम्पले फेरी दोहोराए गाजा नियन्त्रण गर्ने अमेरिकी योजना, प्यालेस्टिनी विरोधमा

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई नियन्त्रणमा लिने आफ्नो योजना दोहोर्‍याएका छन् । यसपछि गाजामा विरोध प्रदर्शन सुरु भएको छ ।

ट्रम्पको योजना प्यालेस्टिनीहरूलाई गाजाबाट इजिप्ट र जोर्डनमा राख्ने र गाजाको पुनर्निर्माण गर्ने हो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत फेरि एक पटक गाजालाई उल्लेख गर्दै लेखे, 'द्वन्द्वको अन्त्यमा, इजरायलले गाजा पट्टी संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्नेछ । प्यालेस्टिनीहरू धेरै पहिले नै नयाँ, आधुनिक घरहरूसहित क्षेत्रको सबैभन्दा सुरक्षित र सुन्दर समुदायहरूमा पुनर्स्थापित भइसकेका हुने थिए ।'

'उनीहरूले खुसी, सुरक्षित र स्वतन्त्र हुने मौका पाउनेछन् । संयुक्त राज्य अमेरिकाले विश्वभरका महान विकास टोलीहरूसँगको सहकार्यमा, बिस्तारै र सावधानीपूर्वक एउटा विकास सुरु गर्नेछ जुन अमेरिकी सेनाको आवश्यकता बिना नै पृथ्वीमा आफ्नो किसिमको सबैभन्दा ठूलो र सबैभन्दा गौरवशाली मोडेल बन्नेछ ।'

यसअघि ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग पत्रकार सम्मेलन पहिलो पटक गाजा बारे आफ्नो योजना सुनाएका थिए । ट्रम्पको गाजा बारेको योजनापछि साउदी अरेबियासहितका मध्यपुर्बका देशहरुले विरोध गरेका छन् । साउदी अरबले प्यालेस्टाइन राज्य हुनुपर्ने आफ्नो अडान दोहोराएको छ ।

त्यस्तै प्यालेस्टाइनीहरुले पनि विरोध शुरु गरेका छन् । उनीहरुले 'यी भूमि हाम्रो हुन् । हामी हाम्रो इच्छा र विचार अनुसार गाजाको निर्माण र विकास गर्नेछौं ' लेखेका ब्यानरहरू बोकेर विरोध गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै