• २०८१ माघ २२ मंगलबार

वेस्टह्याममाथि चेल्सी विजयी

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वेस्ट ह्याममाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा पेड्रो नेटोले एक गोल गरेका थिए भने एक गोल वेस्ट ह्यामका एरोन वान बिसाकाले आत्मघाती गोल गरेका थिए । त्यस्तै वेस्ट ह्यामका लागि एक गोल जारोड बोवेनले एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको लिगमा २४ खेलमा ४३ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तैगरी वेस्ट ह्यामको २४ खेलमा २७ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै