• २०८१ माघ २१ सोमबार

क्रिस्टल प्यालेससँग घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको हार

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा सम्पन्न खेलमा क्रिस्टल प्यालेसले २-० गोल अन्तरले जित हासिल गरेको हो ।

क्रिस्टल प्यालेसको जितमा दुवै गोल जीन फिलिप माटेटाले गरेका थिए । उनले खेलको ६४ र ८९औं मिनेटमा गोल गरेका थिए ।

क्रिस्टल प्यालेसको यो जितपछि २४ खेलमा ३० अंक भएको छ र लिगमा १२औ स्थानमा रहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले भने यस सिजनमा ११औ हार बेहोरेको छ । म्यानचेस्टर युनाइटेडको २४ खेलमा २९ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै