काठमाडौँ । जारी महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्डसले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै १४० रन बनाएको हो ।
ठुलो टोटलतर्फ अघि बढिरहेको नेदरल्याण्डसलाई सीता राना मगरले १८औं ओभरमा ३ र अन्तिम ओभरमा २ विकेट लिएर रोकेकी थिइन् । सीताले यस खेलमा कुल ५ विकेट लिएकी थिइन् । त्यस्तै मनिषा उपाध्यायले २ तथा कबिता जोशी र इन्दु बर्माले एक एक विकेट लिएका थिए ।
त्यसैगरी नेदरल्याण्डसकी कप्तान बाबेट्ट डी लीडले ४१, हीथर सीएगेर्सले २६ तथा फेबे मोल्केनबोएर र रोबिन रिकेले २१-२१ रन बनाएका थिए ।