• २०८१ माघ २१ सोमबार

किताबखानाका अधिकृतसहित तीन जनाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईले पेन्सनपट्टा बनाई दिने भन्दै घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले प्रसाईलाई सेवाग्राहीबाट लिएको तीन लाख घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंका शाखा अधिकृत धनेश्वर प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीसँग पेन्सनपट्टा बनाई दिनको लागि तीन लाख घुस लिएको भन्दै सोहि रकम बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै