• २०८१ माघ १३ आइतबार

रवि लामिछानेको मुद्धामा थुनछेक बहस आज पनि सकिएन, परिवारको जिम्मा लगाईयो

kharibot

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन। बहस नसकिएपछि उनलाई अदालतले परिवारको जिम्मा लगाएको छ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा तीन दिनदेखि जारी थुनछेक बहसमा आज जाहेरवालाका वकिल र केही लामिछानेको वकिलले पनि बहस गरेका थिए । अब आइतबार थप बहस हुने र सोही दिन आदेश आउनेछ ।

रविको तर्फबाट सुरूमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले गरेका छन्। सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ।

बिहीबार बहस नकिएपछि उनलाई परिवारको जिम्मा लगाईएको थियो । रवि लामिछाने पक्षका वकिलहरूले बहस सकाएपछि फेरि जवाफी बहस हुनेछ। जसमा सरकारी वकिल र जाहेरवाला पक्षका वकिलहरूले बहस गर्नेछन्। त्यसपछि मात्रै न्यायाधीशले थुनछेक आदेश दिन्छन्।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै