• २०८१ माघ ११ शुक्रबार

सहमति कार्वान्यन नभए पुनः तालाबन्दी गर्ने सर्तमा खुल्यो कटहरिया नगरपालिकाको ताला

kharibot

रौतहट । सहमति कार्वान्यन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी एक महिनापछि खुलेको छ।

मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादव सहित वडा अध्यक्षहरुबीच दुई बुँदे सहमतिपछि बिहीवार साँझ ३१औं दिन तालाबन्दी खुलेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको निर्देशनमा स्थानिय प्रशासनले सहजकर्ताको भूमिका निर्वाह गरेपछि दुबै पक्षबीच लामो छलफल पश्चात सहमती भएको थियो। 

मेयर जैसवालका समर्थकले नगरपालिकाको ताला खोल्ने तथा उपमेयरसहित असन्तुष्ट वडा अध्यक्षहरुको समर्थकले खोल्न नदिने भन्दै बिहीवार दिउँसो आमुने सामुने हुँदा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।

घटनाको सुइँको पाएर कटहरिया नगरपालिका कार्यालय वरपर बिहानै देखी जमा भएका नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले अवस्था साम्य बनाएपछि दुईपक्षीय छलफल सुरु भएको थियो ।

यस अघि मेयर मेयर जैसवालको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले गलत तरिकाले मिति २०८१ मंसिर २० गतेको नगर कार्यपालिका बोर्डको बैठकले गरेको भन्दै लेखेको सम्पूर्ण निर्णय तत्काल कार्वान्यन नगर्ने, अब आउने प्रमुख प्रशासकिय अधिकृतको उपस्थितिमा हुने पहिलो बैठकमा पेस गरी अनुमोदन हुने बुँदाहरू मात्र कार्वान्यन गर्ने सहमती भएको थियो ।

त्यसैगरी आगामी बैठकमा असन्तुष्ट पक्षका मागहरु आम जनताको विद्युत महशुल चुक्ता गर्ने ,कर्मचारीको तलब भुक्तानी गर्नुपर्ने,आन्तरिक राजश्व बाँडफाँड बाट आएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने, कर्मचारी संख्या तथा बाँकी बक्यौता सार्वजनिक गरिनुपर्ने, ईन्धनको बिवरण कुन गाडीमा कती तेल राख्ने गरेको हो स्पष्ट हुनुपर्ने, आव २०७९/०८० देखि गत पुस मसान्तसम्मको आए व्यय बिवरण सार्वजनीक गर्नुपर्ने, कार्यपालिका बोर्डको हरेक बैठक सामाजिक सञ्जालमा लाईभ हुनुपर्ने लगायत समावेश गर्ने सहमती भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै