• २०८१ माघ ११ शुक्रबार

धरौटी बुझाएर रिहा भए लेखा समितिका सभापतिका पूर्व स्वकीयसचिव

kharibot

विराटनगर । पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख गठी गरेको आरोपमा पक्राउ परेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेल धरौटी बुझाएर रिहा भएका छन् ।

बिहीबार जिल्ला अदालत मोरङले पोखरेलसँग ५ लाख धरौटी मागेको थियो । जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अनिलसँग धरौटी मागेको थियो । अदालतको आदेशलगत्तै धरौटी बुझाएर उनी रिहा भएका छन् ।

पोखरेलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार मुद्दा दायर गरेको थियो । ठगी आरोपमा पक्राउ परेका उनीविरुद्ध ७ वर्षसम्म कैद सजाय र ७० हजार रुपैया जरिवाना मागदाबी गरिएको थियो ।

अनिलविरुद्ध पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने र होस्टलको समेत व्यवस्था गरिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ । सो प्रकरण सार्वजनिक भएलगत्तै सभापति पोखरेलले अनिललाई आफ्नो स्वकीय सचिवबाट बर्खास्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै