• २०८१ माघ ११ शुक्रबार

पिएसजीसँग म्यानचेस्टर सिटीको नाटकीय हार

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले म्यानचेस्टर सिटीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ओसमान डेम्बेले, ब्राडली बार्कोला, जोआओ नेभेस र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । पिएसजीले २-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै महत्वपूर्ण जित निकालेको थियो ।

त्यस्तै म्यानचेस्टर सिटीका लागि ज्याक ग्रीलिश र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । २-० को अग्रतालाई जोगाउन नसक्दा सिटीले नाटकीय हार बेहोरेको छ ।

यो जितपछि पिएसजीको ७ खेलमा १० अंक भएको छ र हाल २२औं स्थानमा रहेको छ । एक खेल खेल्न बाँकी रहेपनि पिएसजीको नकआउट चरणमा छनौट हुने सम्भावना कम रहेको छ ।

त्यस्तै म्यानचेस्टर सिटी भने यस सिजनमा नक आउट चरणमा नपुग्ने निश्चित भएको छ । सिटीको हाल ७ खेलमा ८ अंक रहेको छ र २५औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै