काठमाडौँ । जारी महिला यू-१९ विश्वकपमा बंगलादेशले दोस्रो जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा बंगलादेशले स्कटल्याण्डलाई १८ रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको १२२ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १०३ रन बनाएको थियो । यसअघि बंगलादेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १२१ रन बनाएको थियो ।
समुह डी मा रहेको बंगलादेशको ३ खेलमा ४ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । यो जितपछि बंगलादेशको सुपर सिक्समा स्थान सुरक्षित भएको छ ।
त्यस्तै स्कटल्याण्डको भने ३ खेलमा २ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ । यसै समुहमा रहेका नेपाल र अस्ट्रेलियाबीचको खेल केहिबेरमा शुरु हुदै छ ।