• २०८१ माघ ७ सोमबार

छविलाल जोशीलाई हिरासतमा राख्न आदेश

kharibot

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न आदेश दिएको छ। आइतबार आफैं अदालत हाजिर भएका जोशीको बयान नसकिएपछि उनलाई आज हिरासतमा राख्न आदेश भएको हो । उनको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।

स्वर्णलक्ष्मी सहकारी को रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सो प्रकरणमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने गत साता नै अदालतमा हाजिर भएका थिए । उनी ६० लाख धरौटी तिरेर छुटिसकेका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

जोशीलाई यसअघि कास्की जिल्ला अदालतले बिहीबार उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै