काठमाडौँ । हमासले युद्धविरामको शर्त अनुसार रिहा गर्ने तीन बन्धकको नाम सार्बजनिक गरेको छ ।
बिबिसीका अनुसार हमारले तीन महिला रोमी गोनेन, एमिली दमारी, र डोरोन स्टेनब्रेचरलाई रिहा गर्ने जानकारी दिएको छ । जसमा २४ बर्षिय रोमी, २८ बर्षिय एमिली र ३१ बर्षिय डोरोनलाई हमारलाई २०२३ को अक्टोबर ७ मा बन्धक बनाएर लागेको थियो ।
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतामा तीन चरणमा सबै बन्धकलाई रिहा गर्ने सहमति भएको छ, जसमा पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने छन् ।